‘पञ्चामृत’मा पोखरेलको घोषणा : कुनैपनि हालतमा फागुनमा चुनाव हुँदैन
बर्दिवास, महोत्तरी : फागुन ९ ।
ॐकार टेलिभिजनबाट प्रशारण हुने ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का प्रभावशाली अभियन्ता केशव कुमार पोखरेलले वर्तमान निर्वाचन प्रक्रियाले देशलाई निकास दिन नसक्ने दाबी गर्दै निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।
कार्यक्रममा उनले प्रस्तावित निर्वाचन जनचाहनाविपरीत रहेको र ‘जेनजी’ (Gen Z) आन्दोलनको मर्मसँग मेल नखाने तर्क प्रस्तुत गरे । उनका अनुसार देशका करिब ७० प्रतिशत जनता निर्वाचनको पक्षमा छैनन् । २०८२ साल फागुनका लागि घोषणा गरिएको निर्वाचन नियमित नभई मध्यावधि प्रकृतिको जस्तो देखिएको उल्लेख गर्दै उनले भदौ २३–२४ गते सम्पन्न ‘जेनजी’ आन्दोलन भ्रष्टाचार र कुशासनविरुद्ध केन्द्रित भएको स्मरण गराए ।
राज्यले आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा निर्वाचन घोषणा गर्नु उचित नभएको उनको भनाइ थियो ।
पोखरेलले वर्तमान सरकार र प्रधानमन्त्रीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै सरकार विदेशी शक्ति केन्द्रहरूको प्रभावमा सञ्चालन भइरहेको आरोप लगाए । सुरुमा ‘नारी शक्ति’को रूपमा आशा गरिए पनि सरकारको कार्यशैलीप्रति जनतामा निराशा बढेको उनले टिप्पणी गरे । साथै, दुर्गा प्रसाईंलगायत सरोकारवाला व्यक्तिहरू तथा २९ राजनीतिक दललाई बेवास्ता गरी निर्वाचन घोषणा गरिएको आरोप समेत उनले लगाए ।
निर्वाचनलाई उनले अमेरिकी रणनीतिसँग जोड्दै एसपीपी (SPP) पारित गराउने उद्देश्यले चलखेल भएको दाबी गरे । आगामी निर्वाचनबाट कुनै दलको स्पष्ट बहुमत नआउने र पुनः ‘हङ पार्लियामेन्ट’ (त्रिशंकु संसद)को अवस्था सिर्जना भई सांसद किनबेचजस्ता विकृत अभ्यास दोहोरिन सक्ने आशंका पनि उनले व्यक्त गरे ।
देशको दीर्घकालीन निकासका लागि राजसंस्थालाई ‘सामूहिक नेतृत्व’ र ‘अभिभावक’का रूपमा पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव उनले अघि सारे । राजा र जनताबीचको सहकार्यबाट स्थापित ऐतिहासिक व्यवस्थालाई पुनः अभिभावकत्वको भूमिकामा ल्याई सबै दललाई समेटेर मात्र निर्वाचनमा जानुपर्ने उनको धारणा थियो । वर्तमान अवस्थाको निर्वाचनले जनहित सुरक्षित नगर्ने भन्दै उनले आफ्नो अभियान तथा अन्य २९ दलका तर्फबाट निर्वाचन बहिष्कार गर्ने घोषणा दोहोर्याए ।
उक्त ‘पञ्चामृत’ कार्यक्रममा महोत्तरी क्षेत्र नं. १ का उम्मेदवार गिरिराजमणि पोखरेल तथा नेपाली कम्युनिस्ट पार्टीका समर्थकहरूको धारणा पनि समेटिएको थियो । कार्यक्रमका प्रस्तोता जीवनराज दाहाल हुन् ।
क्याटेगोरी : banner, अन्तरवार्ता, निर्वाचन बिशेष, ब्रेकिंग न्युज, राजनीति, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्