Techie IT
आईतबार, जेठ ३,२०८३

एमालेका नेता जनार्दन ढकाल आज नेपाली कांग्रेसमा प्रवेश गर्ने


काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता जनार्दन ढकाल आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्।

कांग्रेसले राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा पार्टी सभापति गगन थापाले ढकाललाई औपचारिक रूपमा पार्टीमा स्वागत गर्ने कार्यक्रम तय गरिएको छ।

संविधानसभा सदस्यसमेत रहेका ढकाल एमाले रसुवाका पूर्वअध्यक्ष हुन्। उनी पछिल्लो एक वर्षदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहँदै आएका थिए। एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनले गत वर्ष फागुनमै पार्टी परित्याग गरेको घोषणा गरेका थिए।

गल्छी–त्रिशूली–फुस्र्या सडक निर्माण पहल, रसुवागढी नाका स्तरोन्नति तथा सुख्खा बन्दरगाह निर्माणमा भूमिका खेलेका ढकाल विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्थे।


क्याटेगोरी : समाचार
ट्याग : #जनार्दन ढकाल आज नेपाली कांग्रेसमा प्रवेश गर्ने


तपाईको कमेन्ट लेख्नुहोस्