खाँदबारीमा बजार अनुगमन, अखाद्य र म्याद गुज्रेका सामग्री बरामद
खाँदबारी : उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणलाई मध्यनजर गर्दै खाँदबारी नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । शुक्रबार नगरपालिकाको टोलीले वडा नं. ९ स्थित तुम्लिङटार बजार क्षेत्रमा छड्के अनुगमन गर्दा केहि परिमाणमा म्याद गुज्रेका तथा अखाद्य सामग्री बरामद गरेको छ ।
उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले गरिएको अनुगमनमा किराना तथा खाद्यान्न पसल, फलफूल तथा तरकारी पसल, कस्मेटिक पसल र लत्ताकपडा पसलहरूलाई प्राथमिकतामा राखिएको थियो । टोलीले पसलहरूको दर्ता नवीकरण, मूल्यसूचीको उपलब्धता, नापतौल उपकरणको शुद्धता तथा सामग्रीको गुणस्तर (विशेषगरी उपभोग्य मिति) को सूक्ष्म निरीक्षण गरेको खाँदबारी नगरपालिकाले जनाएको छ ।

अनुगमनका क्रममा केही पसलहरूले म्याद नाघेका सामग्री बिक्रीका लागि राखेको भेटिएपछि ती सामग्री तत्काल जफत गरिएको छ । अनुगमन समितिका सदस्य बिमल बानियाँका अनुसार जफत गरिएका वस्तुहरूमा स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने पेय पदार्थ, प्याकेटका खाजा तथा कस्मेटिक सामग्री समावेश छन् । जफत सामग्रीलाई स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको रोहबरमा नष्ट गरिने तयारी गरिएको छ ।
नगरपालिकाका अनुगमन संयोजक कमलमणि थापाको नेतृत्वमा खटिएको टोलीमा जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रतिनिधि केन्द्र योङ्या, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भीम कुलुङ, संखुवासभा उद्योग वाणिज्य संघका प्रतिनिधि उमेश बस्नेत तथा अनुगमन समितिका सदस्य गुणराज खत्री र बिमल बानियाँ सहभागी रहेका थिए ।

नगरपालिकाले बजार अनुगमनलाई कुनै विशेष अवसरमा मात्र सीमित नराखी पालिकाभित्रका मुख्य बजार क्षेत्रमा समय – समयमा निरन्तर सञ्चालन गर्ने जनाएको छ । संयोजक थापाले व्यवसायीहरूलाई नियमअनुसार व्यापार गर्न तथा उपभोक्ताहरूलाई सामग्री खरिद गर्दा उत्पादन मिति र मूल्य अवश्य जाँच गर्न आग्रह गर्नुभयो ।
यस कदमले बजारमा हुने कालोबजारी र मिसावट नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय उपभोक्ताहरूले पनि नगरपालिकाको सक्रियतालाई सकारात्मक रूपमा लिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #खाँदबारी नगरपालिका, #बजार अनुगमन, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्