भ्रष्टाचारविरुद्ध लोकपालदेखि भोकमुक्त अभियानसम्म नेकपाका महत्वाकांक्षी योजना
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भ्रष्टाचार नियन्त्रणदेखि भोकमुक्त नेपाल निर्माणसम्मका महत्वाकांक्षी प्रतिबद्धता सार्वजनिक गरेको छ। आगामी निर्वाचनका लागि जारी घोषणापत्रमा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने र सामाजिक–आर्थिक रूपान्तरणलाई तीव्र बनाउने योजना उल्लेख गरिएको छ।
नेकपाले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ गठन गर्ने घोषणा गरेको छ। साथै सार्वजनिक पदमा बसेकाको सम्पत्ति छानबिन गर्न एक वर्षभित्र अधिकार सम्पन्न स्वतन्त्र आयोग गठन गरिने जनाएको छ।
खाद्य अधिकार र खाद्य सम्प्रभुतालाई सुनिश्चित गर्दै दुई वर्षभित्र देशलाई ‘भोकमुक्त नेपाल’ घोषणा गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा छ। खाद्य अभाव, कुपोषण र अल्पपोषण अन्त्य गर्ने लक्ष्य राखिएको छ। विद्यालय खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोडेर पोषण सुरक्षामा सुधार गरिने, गर्भवती, सुत्केरी, बालबालिका र वृद्धवृद्धाका लागि लक्षित पोषण कार्यक्रम प्रभावकारी बनाइने उल्लेख गरिएको छ।
गरिबीको दर ५ प्रतिशतमा झार्ने लक्ष्यसहित वार्षिक ५ लाखलाई रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरिएको छ। दलित तथा अल्पसंख्यक युवालाई १० वर्षका लागि ५ प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराउने प्रतिबद्धता पनि जनाइएको छ।
कृषि क्षेत्र सुधारका लागि एक वर्षभित्र सबै किसानलाई परिचयपत्र वितरण गरी वर्गीकरण गर्ने योजना छ। ऊर्जा क्षेत्रमा पाँच वर्षभित्र थप १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
पूर्वाधार विकासतर्फ २० वटा सहरलाई ‘स्मार्ट सिटी’ र १०० ग्रामीण बस्तीलाई ‘स्मार्ट भिलेज’ बनाउने योजना अघि सारिएको छ। २०८८ सालसम्म सबै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने उल्लेख छ।
सुशासनका लागि भनसुनमुक्त, मुहाररहित र कागजरहित सेवा प्रवाहको व्यवस्था गरिने तथा केन्द्रमा मन्त्रीको संख्या २५ बाट घटाएर विज्ञसहित सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपाका महत्वाकांक्षी योजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्