जंगली च्याउ खाँदा संखुवासभामा १ को मृत्यु
संखुवासभा – सभापोखरी गाउँपालिका–२ गोठगाउँमा जंगली च्याउ खाँदा शुक्रबार एकजनाको मृत्यु भएको छ । जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा २४ वर्षीया मनिला राईको मृत्यु भएको हो । जंगली च्याउ खाएर बिरामी भएकी मनिलाको शुक्रबार राति उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए । उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि बैशाख २३ मा विराटनगर रिफर गरेको थियो ।
च्याउ खाएर बिरामी परेपछि मनिला बैशाख २१ मा जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन मनिलाका पतिले जंगलबाट च्याउ ल्याएका थिए । उक्त च्याउ खाँदा मनिला र उनकी छोरी तीन वर्षीया सुपी र छिमेकी २५ वर्षीय दिनेश राई, उनकी श्रीमती २४ वर्षीया अनिता र तीन वर्षीया छोरी आकांक्षा बिरामी भएका थिए । उनीहरुमध्ये पाँचजना उपचारपछि घर फर्किएको जिल्ला अस्पताल संखुवासभाका प्रवक्ता सुजता पौडेलले जानकारी दिइन् ।
क्याटेगोरी :
समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्