जंगली च्याउ खाँदा संखुवासभामा १ को मृत्यु

संखुवासभा – सभापोखरी गाउँपालिका–२ गोठगाउँमा जंगली च्याउ खाँदा शुक्रबार एकजनाको मृत्यु भएको छ । जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा २४ वर्षीया मनिला राईको मृत्यु भएको हो । जंगली च्याउ खाएर बिरामी भएकी मनिलाको शुक्रबार राति उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए । उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि बैशाख २३ मा विराटनगर रिफर गरेको थियो ।
च्याउ खाएर बिरामी परेपछि मनिला बैशाख २१ मा जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन मनिलाका पतिले जंगलबाट च्याउ ल्याएका थिए । उक्त च्याउ खाँदा मनिला र उनकी छोरी तीन वर्षीया सुपी र छिमेकी २५ वर्षीय दिनेश राई, उनकी श्रीमती २४ वर्षीया अनिता र तीन वर्षीया छोरी आकांक्षा बिरामी भएका थिए । उनीहरुमध्ये पाँचजना उपचारपछि घर फर्किएको जिल्ला अस्पताल संखुवासभाका प्रवक्ता सुजता पौडेलले जानकारी दिइन् ।
क्याटेगोरी :
समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्