Techie IT
आईतबार, जेठ १०,२०८३

टी–२० विश्वकप शनिबारबाट, नेपालको पहिलो खेल आइतबार इंग्ल्यान्डविरुद्ध


आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट भोलि (शनिबार)देखि सुरु हुँदैछ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालले आइतबार आफ्नो पहिलो खेल विश्व विजेता इंग्ल्यान्डसँग खेल्नेछ।

नेपाल दोस्रोपटक टी–२० विश्वकपमा सहभागी हुन लागेको हो। सबै खेल मुम्बईस्थित वानखडे रंगशालामा हुनेछन्। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपालले विश्वकप यात्रा सुरु गर्दैछ।

समूह ‘सी’मा रहेको नेपालसँग वेस्ट इन्डिज, इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्। नेपाली टोलीका लागि यो विश्वकप राष्ट्रिय गौरवको विषय बनेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्