रास्वपापछि कांग्रेसको पहिलो चुनावी सभा जनकपुरमा, गगन र विश्व देशव्यापी अभियानमा निस्कने
नेपाली कांग्रेसले फागुन ७ गतेबाट चुनावी सभाहरू सुरु गर्ने भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले पहिलो चुनावी सभा जनकपुरमा आयोजना गर्न लागेको हो।
कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार रहेकाले पहिलो ठूलो सभा मधेशमै गर्ने रणनीति बनाइएको सहमहामन्त्री डिला संग्रोलाले जानकारी दिइन्। सभालाई सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
उनका अनुसार समय मिलेसम्म सभापति थापा र उपसभापति शर्मा चुनावी अभियानका क्रममा देश दौडाहामा निस्कने तयारीमा छन्। कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ भने शर्मा निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारीमा छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्