Techie IT
शनिबार, असोज १०,२०८३

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा आज बिहान न्युरो हस्पिटल, बाँसबारीमा निधन भएको हो।
स्वकीय सचिव रोशन पोखरेलका अनुसार उहाँ केही समययता बिरामी हुनुहुन्थ्यो। आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ। स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्