एलपी ग्यास अभावको अफवाह गलत : नेपाल आयल निगम प्रबन्धक भट्ट
नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले बजारमा फैलिएको एलपी ग्यास अभावको हल्ला निराधार भएको बताएका छन्।
भट्टले बुधबार फेसबुकमा पोस्ट गर्दै आपूर्ति पर्याप्त रहेको स्पष्ट पारेका छन्। उनका अनुसार दैनिक उपभोगका लागि नेपालमा करिब ९० बुलेट, अर्थात करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ।
पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन (आईओसी) बाट सोभन्दा बढी मात्रामा ग्यास लोडिङ गरिएको छ। शनिबार ११८ बुलेट, सोमबार ११५ बुलेट र मंगलबार १३२ बुलेट लोडिङ भएको जानकारी उनले दिएका छन्।
भट्टले अनावश्यक रुपमा ग्यास स्टक नगरिदिन उपभोक्तालाई अनुरोध गरेका छन्। उनले निर्वाचन अवधिभर पनि हालकै परिमाणमा ग्यास आपूर्ति निरन्तर रहने स्पष्ट पारेका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्