Techie IT
आईतबार, जेठ १०,२०८३

सुनको बजार मूल्य आज तोलामा १४,५०० रुपैयाँले बढ्यो


नेपाली बजारमा सुनको मूल्य बुधबार ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४,४०० रुपैयाँले बढेर तीन लाख चार हजार ७०० रुपैयाँ पुगेको छ। हिजो मूल्य दुई लाख ९० हजार ३०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्