Techie IT
आईतबार, जेठ १०,२०८३

स्वास्थ्य बीमामा देखिएका समस्या समाधानबारे प्रधानमन्त्रीको बैठक


स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्यालाई ध्यानमा राख्दै प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सरोकारवाला पक्षहरूको बैठक बोलाएकी छन्। बैठक दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ।

बीमा सेवा प्रदानमा रकम अभावका कारण सबै बिरामीले सुविधा पाउन नसकेको गुनासो बढ्दै गएको छ। ठूला अस्पतालहरूले पनि बीमा सेवा दिन नसक्ने सूचना जारी गरेका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा बोर्डबाट ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको कारण सेवा दिन नसक्ने जानकारी दिएको थियो। यस्तो समस्या अन्य अस्पतालमा पनि देखिएपछि स्वास्थ्य बीमा बोर्डले एक आर्थिक वर्षमा बहिरंग (ओपिडी) सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म उपचार सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।

बोर्डका अनुसार उक्त नयाँ व्यवस्था १ फागुनदेखि लागू हुनेछ। प्रधानमन्त्री कार्कीले बैठक मार्फत देखिएका समस्याका समाधान खोज्ने र स्वास्थ्य बीमा प्रणाली अझ प्रभावकारी बनाउने प्रयास गर्ने बताइएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्