क्यान्सरविरुद्ध लडाइँ अझै जारी : विश्वमा वार्षिक १० लाखको मृत्यु
आज विश्व क्यान्सर दिवस मनाइँदैछ। क्यान्सर रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान तथा उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइन्छ।
सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’पछि विश्व क्यान्सर दिवस मनाउने परम्पराको सुरुआत भएको हो।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार विश्वभर हरेक वर्ष करिब १० लाख मानिसको मृत्यु क्यान्सरका कारण हुने गरेको छ। विशेषज्ञहरूका अनुसार धूमपान, तमाखु सेवन, अस्वस्थ खानपान तथा जीवनशैली क्यान्सरका प्रमुख कारण हुन्।
स्वास्थ्यकर्मीहरूले क्यान्सरको समयमै पहिचान र उपचारबाट धेरै हदसम्म ज्यान जोगाउन सकिने भन्दै जीवनशैली सुधार, नियमित स्वास्थ्य परीक्षण र सचेतना आवश्यक रहेको बताएका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्