सेनाद्वारा निर्वाचन ड्युटी सुरुः सडक गस्तीका लागि ७९ हजार तैनाथ
काठमाडौँ। नेपाल सरकारको निर्णयअनुसार नेपाली सेनाले आजदेखि निर्वाचन सुरक्षाका लागि देशभर आफ्नो जनशक्ति परिचालन गरेको छ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार करिब ७९ हजार सैनिक निर्वाचन सुरक्षामा खटाइएको छ। यसै क्रममा आजैदेखि देशभरका विमानस्थल र कारागार कार्यालयको सुरक्षा व्यवस्थापन नेपाली सेनाले सम्हाल्ने भएको छ। ती स्थानमा नियमित रूपमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका विशेष ड्युटी भने यथावत् रहनेछन्, बाँकी सम्पूर्ण सुरक्षा जिम्मेवारी सेनाले लिने उनले बताए।
यसका साथै देशभरका प्रमुख सडकहरूमा नेपाली सेनाले गस्ती सुरु गरेको छ। विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरी पैदल गस्ती अघि बढाइएको प्रवक्ता बस्नेतले जानकारी दिए। मतदान केन्द्र र मतगणनास्थलको सुरक्षाका लागि भने केही समयपछि मात्र सेना परिचालन गरिने उनले बताए। ती स्थानहरूमा क्रमशः पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी तैनाथ रहनेछन् भने त्यसपछि मात्रै सेनाले सुरक्षा भूमिका निर्वाह गर्नेछ।
गत मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनलक्षित सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएपछि सेना परिचालन गरिएको प्रवक्ता बस्नेतले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सेनाद्वारा निर्वाचन ड्युटी सुरुः
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्