Techie IT
आईतबार, जेठ १०,२०८३

राष्ट्रनिर्माणमा अनुशासन अपनाउन प्रधानमन्त्रीको आग्रह


प्रधानमन्त्री सुशीला कार्कीले युवालाई अनुशासित भई समाज र राष्ट्रको सेवामा सक्रिय हुन आग्रह गरेकी छन्।

नेपाली सेनाअन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय, नवलपरासीमा आयोजित २०औं एनसीसी दीक्षान्त समारोहमा उनले युवामा नेतृत्व, जिम्मेवारी र राष्ट्रप्रेम विकासको महत्व औंल्याइन्।

एनसीसी तालिमले अनुशासन, समयपालन, टोलीमा काम गर्ने क्षमता र नागरिक जिम्मेवारी सिकाउने उद्देश्य राखेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्