Techie IT
आईतबार, जेठ १०,२०८३

सुनचाँदी महँगियो, कति पुग्यो मूल्य ?


नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो। हाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदीको भाउ १ सय ३५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्