चित्लाङमा चितुवा मृत फेला
काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोलाको किनारमा चितुवा मृत अवस्थामा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार हिजो (माघ १९ गते) साँझ करिब ५ः३० बजे उक्त स्थानमा चितुवा मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक दिननाथप्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
घटनास्थलमा मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सानुकाजी श्रेष्ठ, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीहरूको रोहबरमा आवश्यक मुचुल्का कार्य सम्पन्न गरिएको प्रहरीले जनाएको छ । मुचुल्का सकिएपछि राति करिब ८ः१० बजे मृत चितुवालाई गोदाम चौरमा लगेर व्यवस्थापन गरिएको छ ।
प्रहरीका अनुसार उक्त स्थान इलाका प्रहरी कार्यालय चित्लाङबाट करिब एक किलोमिटर दक्षिणतर्फ पर्दछ । चितुवाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चित्लाङमा चितुवा मृत फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्