भक्तपुरको विकास यात्रा तीव्र बनाउन महेश बस्नेतको लक्ष्य
नेकपा एमालेका सचिव तथा भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवार महेश बस्नेतले आफूलाई ‘सङ्कटका सारथि’को रूपमा प्रस्तुत गर्दै भक्तपुरको विकासलाई अझ तीव्र बनाउने प्रतिवद्धता जनाएका छन्।
उनले आफ्नो नेतृत्वमा भूकम्पले क्षतिग्रस्त बनेको भक्तपुरलाई पुनर्जीवन दिने अभियानदेखि लिएर शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको दाबी गरे। बस्नेतले भने, “यो समय केवल एउटा कार्यकाल थिएन, यो विकासको अभियान थियो। योजनाको मात्र होइन, दृढ इच्छा र निरन्तर मेहनतले यो सम्भव भएको हो।”
२०७२ सालको भूकम्पपछि भक्तपुरका धेरै विद्यालय, ऐतिहासिक सम्पदा र धार्मिक संरचना भत्किएका थिए। ती कठिन परिस्थितिबाट सहरलाई उठाउने नेतृत्वमा आफूले भूमिका खेलेको बस्नेतले बताए। उनका अनुसार, भूकम्पले भत्काएका विद्यालय पुनर्निर्माण भए, मठ-मन्दिर, पाटी-पौवा जस्ता सांस्कृतिक धरोहर पुनर्जीवित भए। “यो केवल ऐतिहासिक सम्पदा पुनर्निर्माण होइन, भक्तपुरको पहिचान जोगाउने अभियान पनि थियो,” उनले उल्लेख गरे।
बस्नेतले आफ्नो कार्यकालमा पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सेवाको विस्तार, पर्यटन प्रवद्र्धन तथा स्थानीय रोजगार सिर्जनामा तीव्र प्रगति भएको दाबी गरे। उनका अनुसार भक्तपुरलाई केवल ऐतिहासिक सहर होइन, अवसर र समृद्धिको केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्