पाँच महिनापछि जेनजी आन्दोलनको असरपछि पुर्खौली घर पुगे पूर्वगृहमन्त्री लेखक
पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि सोमबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित आफ्नै पुर्खौली घर पुगेका छन्।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उनका पुर्खौली घरमा आगजनी भएको थियो र घर पूर्ण रूपमा नष्ट भएको थियो। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बुझ्न गृहनगर आएका कांग्रेस नेता लेखकले जलेको घरको अवस्था स्थलगत रूपमा अवलोकन गरे।
लेखकको काठमाडौंको नैकापस्थित घर सुरक्षित छ भने बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पूर्ण रूपमा जलेको छ। उनी हाल महेन्द्रनगरस्थित बजारमा रहेको घरमा अस्थायी रूपमा बस्दै आएका थिए।
पहिलो पटक पुर्खौली घर पुगेका लेखकले स्थानीय बासिन्दासँग पनि भेटघाट गरेका छन्। स्थानीयले गाउँमा भइरहेको सडक तथा अन्य पूर्वाधार विकासबारे जानकारी गराएका थिए।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट २०७९ सालको निर्वाचनमा विजयी भई गृहमन्त्री बनेका लेखक यसपटक उम्मेदवार छैनन्। नेपाली कांग्रेसले डडेल्धुरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट नदिँदा, पार्टीले यहाँ पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ। यसैबीच नेता लेखकले चुनावी भेटघाटलाई तीव्रता दिएका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्