बालेनको अभियानकै दौरान अचानक ढलेर बितेका पत्रकार सिटौलाको पोष्टमार्टम रिपोर्ट के सार्वजनिक भएको छ?
चलचित्र पत्रकार दिनेश सिटौलाको निधनबारे गरिएको पोस्टमार्टम जाँचबाट उनको शरीरमा कुनै बाहिरी चोटपटक नरहेको देखिएको छ।
त्रिवि शिक्षण अस्पतालमा सम्पन्न पोस्टमार्टम रिपोर्ट अनुसार उनको मृत्यु मस्तिष्कमा भएको रक्तस्राव (ब्रेन ह्यामरेज) का कारण भएको पुष्टि भएको हो।
सिटौला बालेन साहको चुनावी प्रचार अभियानका क्रममा अछाममा अचानक बेहोस भई ढलेका थिए। उपचारका लागि काठमाडौं ल्याइए पनि स्वास्थ्य अवस्था नसम्हालिएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
सामाजिक सञ्जालमा फैलिएका विभिन्न शंका र अफवाहबीच पोस्टमार्टम नतिजाले उनको मृत्यु प्राकृतिक स्वास्थ्य समस्याका कारण भएको देखाएको छ।
प्रहरीका अनुसार औपचारिक प्रतिवेदन आउन बाँकी रहे पनि अहिलेसम्म बाह्य चोटपटकको कुनै प्रमाण फेला परेको छैन।
क्याटेगोरी : समाचार
ट्याग : #दिनेश सिटौला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्