Techie IT
शुक्रबार, माघ १७,२०८२

आज एकैदिन २० हजार ५०० रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । योसँगै सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो बुधबार सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला सात हजार ३०० रुपैयाँ थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #आज एकैदिन २० हजार ५०० रुपैयाँले बढ्यो सुनको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्