प्रधानमन्त्री बहसमा विश्वप्रकाशको संकेत: माघ १
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा निराशा, असन्तुष्टि र गुनासो बढ्दै गएको बताएका छन्। कांग्रेस रामेछापद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि कांग्रेसले आफूलाई रूपान्तरण गर्दै अघि बढेको दाबी गरे।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै प्रधानमन्त्रीको उम्मेदवारबारे टिप्पणी गरे। शर्माले भने, “कोही अहिले भदौ २३ को मात्रै कुरा गर्छन्, कोही २४ को मात्रै। तर नेपाली कांग्रेसका प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो।”
उनका अनुसार कांग्रेसले विगतका कमजोरीलाई आत्मसात गर्दै क्षमायाचना गरेको र आफूलाई परिवर्तन गर्दै पार्टीलाई नयाँ युगतर्फ अघि बढाएको छ। “सबैलाई गाँसेर, एकजुट बनाएर कांग्रेस नयाँ उत्साहका साथ मैदानमा उत्रिएको छ,” उनले भने।
शर्माले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युग र नयाँ सन्दर्भको प्रतिनिधि भएको जिकिर गरे। साथै, नेपाली कांग्रेस भएर शिर निहुराउनुपर्ने कुनै काम नगरेको उनको भनाइ छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्