Techie IT
शुक्रबार, माघ १७,२०८२

भीषण हिमपातपछि डोल्पा जाने यात्रु बीच बाटोमै फसे, उद्धारको अपिल


काठमाडौंबाट डोल्पा आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व–बागलुङ खण्डमा अलपत्र परेका छन्। बाक्लो हिमपात र चिप्लो सडकका कारण दर्जनौँ सवारीसाधन रोकिएका छन्।

यात्रुहरूका अनुसार अत्यधिक चिसोले समस्या बढेको छ भने केहीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। उनीहरूले तत्काल उद्धार, खाना र स्वास्थ्य सहयोगको माग गरेका छन्।

रुकुम पूर्व र बागलुङ प्रशासनका अनुसार हिउँ पन्छाएर सडक खुलाउने प्रयास जारी छ र यात्रुहरूलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्