Techie IT
आईतबार, जेठ ३,२०८३

मुलपानीबाट प्रहरीले गोली चलाएर समात्यो १० लुटेरा


काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रमा लुटपाटमा संलग्न १० जनालाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ।

रातिको समयमा विभिन्न व्यक्तिलाई पछ्याई गहना, नगदलगायतका सामान लुटपाट गरिएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो।

प्रहरी टोलीले उक्त लुटपाटमा संलग्न १० जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए। पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको उनले बताए।

प्रहरीले लुटपाटबाट पीडित भएका व्यक्तिहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। यस घटनासम्बन्धी थप विवरण पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मुलपानीबाट प्रहरीले गोली चलाएर समात्यो १० लुटेरा


तपाईको कमेन्ट लेख्नुहोस्