Techie IT
मंगलबार, माघ ७,२०८२

प्रतिनिधि सभा निर्वाचन : मनोनयन दर्ता ६ गते नै हुन्छ ,निर्वाचन आयोग


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि तय गरिएको मनोनयन दर्ताको समय तालिका नसरिने स्पष्ट गरेको छ।

नेपाली कांग्रेसभित्रको विवाद र केही दलको तयारी अपूर्ण रहेको कारण मनोनयनको समय पछि सारिन सक्ने चर्चा भए पनि आयोगले पूर्वनिर्धारित कार्यतालिकामै मनोनयन प्रक्रिया अघि बढ्ने जनाएको हो।

आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने, “मनोनयनको समय सार्ने विषयमा आयोगमा कुनै छलफल भएको छैन। माघ ६ गते नै उम्मेदवारी दर्ता हुन्छ, समय पछि सर्दैन।”

यसअघि आयोगले विज्ञप्ति जारी गर्दै फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता माघ ६ गतेसम्म मात्र गर्न सकिने जानकारी गराएको थियो।

विज्ञप्तिमा सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको उल्लेख गर्दै मनोनयन दर्ताका क्रममा उम्मेदवारले बुझाउनुपर्ने आवश्यक कागजपत्रको विवरणसमेत सार्वजनिक गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधि सभा निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्