एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा दुई जना पूर्वमन्त्री, वीरगञ्ज महानगरपालिकाका मेयरसँगै १४ जना वडाध्यक्षहरुसहित ठूलो संख्यामा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जसपा नेपालका नेता तथा पूर्वमन्त्रीहरु मोहम्मत इस्तियाक राई, प्रदीप यादव, वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, कांग्रेस केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारीसहित १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश गरेको एमालेका सचिव महेश बस्नेतले जानकारी दिए ।
गएराति एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा गएर उनीहरु एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष ओलीले खादा लगाएर एमाले प्रवेश गराएका हुन् ।
यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव थिए ।
मेयर सिंह एमालेमा प्रवेश गरेपछि आज ठूलो संख्या जसपाका लगायत अन्य पार्टीमा रहेका वडाध्यक्षहरु वीरगञ्जमा आयोजना हुने कार्यक्रममा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।
उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकीकरण भएको दुई हप्तामा नै शीर्ष तहका नेताहरुले सो पार्टी त्यागेर एमाले प्रवेश गरेका हुन् ।
यसैबीच, एमालेले पर्सा–१ मा प्रदीप र बाँके–२ मा राईलाई उम्मेदवार बनाउने तयारी गरेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्