गोरखा प्रहरीको “पौष महिना” को प्रगति सार्वजनिक
जिल्ला प्रहरी कार्यालय गोरखाले सार्वजनिक गरेको पुस महिनाको प्रगति विवरण अनुसार जिल्लामा आत्महत्याका घटनाले चिन्ताजनक अवस्था देखाएको छ भने सवारी कारबाही र फरार प्रतिवादी नियन्त्रणमा प्रहरीको उल्लेखनीय भुमिका रहेको पाइएको छ । (शनिबार) प्रहरीले सार्वजनिक गरेको प्रगति विवरण अनुसार पुस महिनामा जिल्लाभर ५ वटा आत्महत्याका घट्ना भएका छन् । उनीहरूले झुन्डिएर आत्महत्या गरेका हुन् ।
यस्तै, प्रहरीले चालु मुद्दामा १७ जना प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनमा समेत ल्याएको छ । पक्राउ परेकाहरूबाट २० लाख ९ सय ९ रुपैयाँ र ३ बर्ष १० महिना पाँच दिन कैद असुल गर्न बाकी रहेको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीको विवरण अनुसार ट्राफिक नियम उल्लंघन गर्ने पाँच सय पाँच सवारी कारबाहीमा पर्दा उनीहरूबाट ४२ लाख सात हजार रुपैयाँ राजर्श्व संकलन भएको प्रहरीले जनाएको छ ।
यसैक्रम्मा ८ वटा सवारी दुर्घटना भएकोमा उनीहरूलाई उद्वार गरेको छ । दुर्घटनाको कारण मापसे गरी सवारी चलाउने, बाटोको खराबी, सवारी दुर्घटनामा चालकको लापरबाही र तीब्र गति र यान्त्रिक लापरबाही रहेको प्रहरीको निष्कर्ष छ । प्राकृतिक स्रोत दोहन गर्ने सात वटा सवारीसाधन नियन्त्रणमा लिइ प्रहरीले साठ्ठी हजार दुई सय रुपैयाँ राजर्श्व समेत प्रहरीले तिराएको छ।
यस्तै, पुस महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १ वटा उजुरी दर्ता भएका छन् भने घरेलु हिंसासम्बन्धी उजुरी – १ वटा रहेका छन्। घरेलु हिंसासम्बन्धि उजुरी मिलापत्रमार्फत समाधान गरिएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धिको उजुरी प्रक्रियामा रहेको छ । ६ जना महिला र ३ जना बालबालिका हराएकोमा ३ बालबालिका र एक महिलाको खोजतलास गरी अभिभावकको जिम्मा लगाइसकेको प्रहरीको रेकर्ड छ ।
जिल्लाभर पौष महिनामा जघन्य तथा गम्भीर अपराधसंग सम्बन्धित दुई वटा, महिला तथा बालबालिका ज्येष्ठ नागरिक सम्बन्धि ३ वटा र आर्थिक अपराध सम्बन्धि २ गरी २५ वटा मुद्दा दर्ता भएकोमा १२ जना पक्राउ परेको र अन्यको अनुसन्धान भईरहेको गोरखाका प्रहरी उपरीक्षक भरत विक बताउँछन् । पौष १९ गते दिउँसो ३ बजेको समयमा जवरजस्ती करणी गर्ने आरुघाट ९ सार्कीगाउँका २५ बर्षीय प्रदीप उपरकोटी र आफ्नै श्रीमती बर्ष १७ को अनुष्का परियारलाई पौष २४ गते कुटपिट गरि ज्यान लिने गोरखा नगरपालिका -३ का शंकर सुनारलाई समेत प्रहरीले नियन्त्रणमा लिइ कानुनबमोजिम कारबाही गरेको छ ।
स्थानीय तहका आधारमा गरिएको विश्लेषण अनुसार विभिन्न पालिकाबाट प्रहरी कार्यालयमा प्राप्त भएका ८७ वटा ठाडो उजुरीको समेत फछ्र्यौट भएका छन् । जिल्लाभरि कुल ८७ वटा उजुरी दर्ता भएकोमा ती सबै फछ्र्यौट भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय गोरखाबाट आएको सात वटा उजुरी समेत मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध कारोबार तथा ओसारपसारसम्बन्धी एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले एक किलो एक सय ग्राम लागू औषध बरामद गरेको जनाएको छ । स्थानीय स्तरमा नम्बर नखुलेको एक थान हतियार समेत प्रहरीले बरामद गरेको छ ।
गोरखाका प्रहरी उपरीक्षक (एसपी) भरत विकले मासिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्दा समग्र जिल्ला प्रहरी कार्यालयको कार्यसम्पादन पारदर्शीता हुने उनको बुझाइ छ । प्रहरीले निर्धारित कार्यसम्पादन, लक्ष्य प्राप्ति तथा सर्वसाधरणलाई सूचनाको हकमा सोझै पहुँच वृद्धि गरिरहेको छ ।
प्रत्येक महिनाको अन्तिमसम्म अर्थात् महिनाभरी भएगरेका प्रमुख गतिविधि तथा कार्य सम्पादनलाई एकीकृत गर्दै मासिकरुपमा कार्यप्रगति विवरण सार्वजनिक गरिँदा प्रहरी र सर्वसाधरणलाई सहजता समेत हुनेछ । गोरखा प्रहरीले समग्र जिल्लाको शान्ति सुरक्षा, अपराध न्यूनिकरणसँगै सर्वसाधरणलाई सुसूचित गराउने लक्ष्य लिएको छ ।
यसबाट प्रहरी सहकार्य र गतिविधी तथा आन्तरिक सुदृढीकरणका प्रयासलाई थप सशक्त बनाउने अभिप्राय लिइएको छ । जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेयता आफ्नो मातहतका प्रहरीलाई सक्रिय बनाउदै गएका एसपी विक आसन्न निर्वाचनको तयारीमा जुटेका छन ।
क्याटेगोरी : विशेष, देश परदेश, समाचार, समाज, स्थानीय, फोटो समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ४तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ५एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ६एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- ७यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ८नेकपाको तर्फबाट काठमाडौं क्षेत्र नं ५ , ६ र ७ मा को को ?






तपाईको कमेन्ट लेख्नुहोस्