Techie IT
आईतबार, जेठ ३,२०८३

रास्वपा नेता प्रकाशचन्द्र परियारको गाडी तोडफोड


काठमाडौँ । पार्टीको कार्यक्रमका लागि गोरखा पुगेका रास्वपा नेता प्रकाशचन्द्र परियारको गाडी तोडफोड गरिएको छ। गोरखाको भिमसेनथापा गाउँपालिका ३ मा उनको गाडीमाथि तोडफोड गरिएको हो ।

पार्किङ गरेर राखेरको गाडीमा अज्ञात समूहबाट मध्यरात आक्रमण भएको रास्वपा नेता प्रकाश लामिछानेले बताए । आजको भेला लागि आफूहरू जुटेको बेला कारमाथि आक्रमण भएको खबर पाएको उनले बताए ।

लामिछानेकाअनुसार कार राति ९ बजे आसपास फोडिएको हुन सक्ने स्थानीयताले बताएका छन् । अहिले प्रहरीले घटनाको मुचुल्का गरिरहेको पनि लामिछानेले जानकारी दिए ।

आज बिहान ९ बजेतिर आक्रमणबारे जानकारी पाएको र वडा भेला प्रभावित भएको रास्वपा केन्द्रिय सदस्य एवम् समानुपातिक उम्मेदवार प्रकाशचन्द्र परियारले बताए ।

‘वडा भेलाको तयारी चल्दै थियो हामी काठमाडौँबाट चढेर आएको कारमाथि आक्रमण गरिएको थाहा पायौँ,’ नेता परियारले सिधाकुरासँग भने । घटनाको अनुसन्धान गर्न प्रहरीले थालेकाले अबको केही बेरमा वडा भेला सुरु हुने पनि  रास्वपा गोरखाका नेताहरूले बताएका ।


क्याटेगोरी : समाचार
ट्याग : #रास्वपा नेता प्रकाशचन्द्र परियारको गाडी तोडफोड


तपाईको कमेन्ट लेख्नुहोस्