साहित्यिक ७६औँ शृङ्खलामा जमुना पोखरेलको सिर्जना कृति प्रस्तुत
जीवनराज दाहाल (बर्दिबास, महोत्तरी)
बर्दिवास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानले शनिबार, २०८२ पुस २६ गते आफ्नो ७६औँ शृङ्खला सम्पन्न गर्दै कवयित्री जमुना पोखरेलको सिर्जना कृति ‘शान्तिको दीप’ माथि समग्र विमर्श गरेको छ । कार्यक्रममा अध्यक्ष यशोदा श्रेष्ठको अध्यक्षतामा साहित्यको सुगन्ध फैलिएको थियो भने सञ्चालन सचिव पवन कुमार वाग्लेले गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानकी कोषाध्यक्ष विमला विश्वकर्माले दिएकी थिइन् । कार्यक्रममा मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष विपिराज दहाल, गौरीशंकर मिथिला बाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, बुढ्यौली साहित्य समाजका अध्यक्ष नानीराम दहाल, कमला साहित्य समाजका अध्यक्ष गणेश तिमिल्सिना, बर्दिबास नेवा समाजका अध्यक्ष धन नारायण श्रेष्ठ लगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थितिले समारोहको माहोल अझ समृद्ध बनाएको थियो ।
साहित्यकार सानीमाया पुलामीले कृति ‘शान्तिको दीप’लाई समाजका सामाजिक, आर्थिक र व्यवहारिक पाटो समेट्ने मार्मिक सिर्जना भएको उल्लेख गर्दै कवयित्री पोखरेलका अन्य कृतिहरू प्रकाशनमा आउँन सफल रहून् भन्ने शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा विभिन्न लयका कविता, गीत र गजल वाचन गरिएका थिए । वाचनमा सहभागी थिए जीवनस्पर्शी, रुद्र आचार्य, सुदर्शन भट्टराई, अम्बिका दाहाल, जनक पौडेल, रमा शर्मा ढकाल, सुभद्रा भुजेल, निर प्रसाद शर्मा, शर्मिला पोखरेल, कुशल अधिकारी, दिनेश पौडेल, मन्जिता लाखे । उनीहरूको वाचनले कार्यक्रममा साहित्यको रस थपेको थियो ।
प्रगतिशील लेखक सङ्घ नेपाल मधेश प्रदेश अध्यक्ष नारायण घिमिरेले प्रतिष्ठानले बर्दिवासका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको र यसले साहित्यिक चेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले नयाँ समिति सफलतापूर्वक अघि बढोस् भन्ने शुभकामना व्यक्त गरे ।

कवयित्री जमुना पोखरेलले आफ्नो सिर्जना प्रतिष्ठानमा विमर्श भएकोमा कृतज्ञता व्यक्त गर्दै समालोचनात्मक समीक्षा गर्न आग्रह गरिन् । उनले आफ्नो पहिलो गीती एल्बम ‘ए चेली नजाउन खाडीमा’ पनि यही प्रतिष्ठानबाट २०७६ सालमा विमोचन भएको कुरा स्मरण गराइन् ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष यशोदा श्रेष्ठले उपस्थित सम्पूर्ण अतिथिहरूमा आभार व्यक्त गर्दै, भविष्यमा अझ सक्रिय रूपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यसैगरी, कार्यक्रम हल उपलब्ध गराउने गौतम होटल प्रालिका सञ्चालक हिरा गौतमलाई विशेष धन्यवाद दिइन् ।
क्याटेगोरी : banner, मनोरञ्जन/साहित्य, समाचार, समाज
ट्याग : #bardibas sahitya, #बर्दिबास साहित्य
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्