चुनावका लागि म्यादी प्रहरीको खुल्यो भर्ना
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी (म्यादी) भर्ना गर्ने तयारी गरेको छ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको कार्यविधि–२०८२ अनुसार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको हो। निर्वाचन प्रहरीमा सहभागी हुन इच्छुक नेपाली नागरिकहरूले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्तिहरूले पनि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। साथै, २०८२ पुससम्म सेना, प्रहरी तथा सशस्त्र प्रहरीमा आवेदन दिएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।
यसअघिका निर्वाचनमा कार्यरत म्यादी प्रहरी तथा विदेशी सेनामा काम गरेको अनुभव भएका व्यक्तिहरू पनि प्राथमिकतामा पर्नेछन्।
शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट र महिला उम्मेदवारको न्यूनतम उचाइ ४ फिट १० इन्च हुनुपर्नेछ। महिला उम्मेदवार गर्भवती नभएको हुनुपर्ने प्रावधान पनि राखिएको छ।
आवेदकहरूको छनोट माघ ९ गतेभित्र सम्पन्न गरिनेछ भने छनोटमा परेकाहरूका लागि माघ १५ गतेदेखि प्रशिक्षण सुरु हुने नेपाल प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #म्यादी प्रहरीको खुल्यो भर्ना
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्