एमाले भोजपुरद्वारा फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि शेरधन राईको एकल सिफारिस
नेकपा एमाले भोजपुरले फागुन २१ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि केन्द्रीय सचिव शेरधन राईको नाम एकल रूपमा सिफारिस गरेको छ।
मंगलबार बसेको जिल्ला कमिटी बैठकले राईको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको एमाले भोजपुरका सचिव एक्सन राईले जानकारी दिए। उनका अनुसार पूर्वअध्यक्ष शरणकुमार राईको प्रस्ताव र युवा नेता रोशन बस्नेतको समर्थनमा शेरधन राईको नाम एकल सिफारिस गर्ने निर्णय गरिएको हो।
शेरधन राई २०५६ सालको संसदीय निर्वाचनमा २८ वर्षको उमेरमै प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै सबैभन्दा कान्छा सांसद बनेका थिए। उनले भोजपुरबाट तीन पटक प्रतिनिधिसभा चुनाव जितिसकेका छन्।
२०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी साबिक भोजपुर–२ बाट माओवादीका सुदन किरातीसँग पराजित भएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनै सुदन किरातीलाई पराजित गर्दै जित हासिल गरेका थिए।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रदेशसभा ‘ख’ बाट उनले नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीलाई पराजित गरेका थिए। तर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सुदन किरातीसँग २ हजार ३८५ मतान्तरले पराजित भए। उक्त निर्वाचनमा सुदन किरातीले २८ हजार ५७५ मत प्राप्त गर्दा शेरधन राईले २६ हजार १९३ मत पाएका थिए।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका शेरधन राईले यसअघि सञ्चारमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन्। उनी हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट लोकप्रिय मतका साथ केन्द्रीय सचिवमा निर्वाचित भएका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्