काठमाडौँको गैरीगाउँमा भीषण आगलागी, नियन्त्रणका लागि ४ दमकल परिचालन
काठमाडौँको गैरीगाउँमा मंगलबार भीषण आगलागी भएको छ। गैरीगाउँस्थित एक कारखानाको छेउमा रहेको टहरोमा आगलागी भएपछि काठमाडौँ महानगरपालिकाका चारवटा दमकल घटनास्थलमा परिचालन गरिएका छन्।
नगर प्रहरीका अनुसार आगो नियन्त्रणका लागि ललितपुर महानगरपालिकाबाट समेत दमकल मगाइएको छ। आगलागी फैलिन नदिन थप सहयोग पनि माग गरिएको जनाइएको छ।
महानगरको विपद् व्यवस्थापन विभाग प्रमुखसमेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले आगो निभाउने प्रयास जारी रहेको बताए। उनले भने, “हाम्रा चारवटा दमकल पुगिसकेका छन्, ललितपुरबाट पनि दमकल मगाएका छौँ। घटनास्थलमा मानिसको धेरै भिडभाड भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ।”
आगलागीको कारण र क्षतिको विवरण भने हालसम्म खुलेको छैन।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्