नयाँ वर्षलाई उत्सवमा बदल्दै गौतम होटल, पर्यटन प्रवर्द्धन लक्ष्यसहित सांस्कृतिक कार्यक्रम
जीवनराज दाहाल : बर्दिवास, महोत्तरी ।
नयाँ वर्ष केवल पात्रो फेरिने क्षण मात्र नभई संस्कृति, संगीत र पर्यटनसँग जोडिने उत्सव पनि हो भन्ने सन्देशसहित धनुषाको लालगढस्थित गौतम होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै विशेष सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ ।
नयाँ वर्षको उत्सवलाई स्मरणीय बनाउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रम २०२५ डिसेम्बर ३१ (पौष १६ गते) साँझ ७ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा सुप्रसिद्ध गायक प्रमोद खरेल र उहाँको लोकप्रिय ब्याण्ड “परम्परा” ले प्रत्यक्ष (Live) सांगीतिक प्रस्तुति दिनेछन् । यससँगै अन्य चर्चित कलाकारहरूको सहभागितामा नेपाली मौलिकता, परम्परा र सांस्कृतिक पहिचान झल्किने विविध प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ ।
निजी क्षेत्रको पहलमा आयोजना हुन लागेको यस कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा अघि बढाइने लक्ष्य लिइएको छ । नयाँ वर्षको अवसरमा नेपालका विभिन्न जिल्लाका साथै भारतको बिहार राज्य अन्तर्गत सीतामढी, मधुबनी, दरभंगा, जयनगरलगायत क्षेत्रबाट उल्लेख्य संख्यामा पर्यटक आगमन हुने अपेक्षा गरिएको छ । यसले स्थानीय होटल, व्यवसाय र आतिथ्य क्षेत्रलाई थप सक्रिय बनाउने विश्वास गरिएको छ ।
उत्सवको अर्को विशिष्ट पाटोका रूपमा मधेस प्रदेशको पहिचान बोकेका परम्परागत तथा स्वादिष्ट परिकारहरू प्रस्तुत गरिनेछन् । विशेष फुड स्टलमार्फत आगन्तुकहरूलाई मधेसको मौलिक स्वाद र पाक–संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउने उद्देश्य रहेको छ ।
संगीत, संस्कृति र स्वादको त्रिवेणीसँगै नयाँ वर्ष स्वागत गर्ने यस अवसरमा सहभागी भई उत्सवलाई सफल बनाउन गौतम होटल परिवारले सबैलाई हार्दिक आमन्त्रण गरेको छ ।

क्याटेगोरी : banner, पर्यटन, मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #gautam hotel, #गौतम होटल, #बर्दिवास
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्