रवि, बालेन र कुलमानबीच आजै सहमतिमा हस्ताक्षर हुँदै, भोलि एकता घोषणा
काठमाडौं । अन्ततः रवि लामिछाने, बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ एउटै पार्टी बनाउने निष्कर्षमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने धरौटीमा जमानीमा थुनाबाट मुक्त भएपछि भएका निरन्तरका भेट र छलफलपछि उनीहरू एउटै पार्टी बनाउन तयार भएका हुन् ।
लामिछाने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति छन् । उनको पार्टी २०७९ को चुनावमा २१ सिटका साथ चौथो ठूलो पार्टी बनेको थियो । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेको बेला लोडसेडिङ अन्त्य गरेएपछि चर्चामा आएका कुलमान अहिले अन्तरिम सरकारमा ऊर्जामन्त्री छन् । उनले पर्दा पछाडि रहेर उज्यालो नेपाल पार्टी स्थापना गरेका छन् ।
यस्तै २०७९ को स्थानीय तहको चुनावमा काठमाडौंको मेयरमा स्वतन्त्र निर्वाचित भएका बालेन पुराना दलहरूका लागि चेतावनीका रूपमा उदायका थिए । बालेनले काठमाडौंमा जितेपछि नै नयाँ दल खोल्ने होडवाजी चलेको हो । अब यी तीनै जना एक ठाउँ हुँदा बलियो नयाँ पार्टी बन्ने देखिएको छ ।
बिहीबार दिनभर बालेनका सल्लाहाकार कुमार बेनको ललितपुरस्थित घरमा लामो राजनीतिक भेटघाट भएको थियो । जसमा बालेनसँग लामिछानेदेखि कांग्रेसका नेताहरूले समेत भेट गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेन र कुलमान, #रवि
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्