बालेनलाई रास्वपामा भित्र्याउने अन्तिम कसरत
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र मेयर साहबीच दुईपटक भएको भेटवार्तापछि सहमतिको वातावरण अहिले सहमतिको मस्यौदा तयार गर्नका लागि रास्वपाका असिम साह उनका दाइ आसिफ साह र बालेनका निटकस्थ कुमार व्यन्जनकार जुटिरहेका छन् । यी तीनजनाले नै सुरूवातदेखि रवि र बालेनलाई मिलाउन सबै होमवर्क गरेका थिए ।
मस्यौदाको अन्तरवस्तुहरूबारे स्रोतले जानकारी दिन चाहेन । यद्यपि, बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने गरी सहमति हुन लागेको बुझिएको छ । रास्वपा सभापति रवि लामिछानेको मुद्दा अदालतबाट छिनोफानो नहुँदासम्म उनी प्रधानमन्त्रीका दाबेदार बन्न सक्ने अवस्था छैन । रविले आफू प्रधानमन्त्री बन्न नसक्ने स्थितिमा बालेनलाई अघि सार्न सकारात्मक बनेको स्रोतको भनाइ छ ।
रास्वपामा बालेनले कुनै पोर्टफोलियोमा दाबी गरेका छैनन् । तर, उनी सभापति लामिछानेपछिको वरीयतामा रहन सक्ने अपेक्षा छ । अहिले रास्वपाको उपसभापति डीपी अर्याल दोस्रो वरीयतामा छन् ।
बालेनसँगै सबै बैकल्पिक शक्ति र जेनजी समूहहरु रास्वपामा समाहित हुने दावी स्रोतको छ । उज्यालो नेपाल पार्टी गठन गरेका ऊर्जामन्त्री कुलमान घिसिङ पहिल्यैबाट बालेनसँग संवादमा छन् । उज्यालो नेपाललाई पनि रास्वपामा मर्ज गर्ने योजना छ, तर ठोस सहमति जुटिसकेको छैन । रवि र कुलमानबीच वार्ता हुन बाँकी नै छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेनलाई रास्वपामा भित्र्याउने अन्तिम कसरत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्