Techie IT
सोमबार, पुस १४,२०८२

बालेनलाई रास्वपामा भित्र्याउने अन्तिम कसरत


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र मेयर साहबीच दुईपटक भएको भेटवार्तापछि सहमतिको वातावरण अहिले सहमतिको मस्यौदा तयार गर्नका लागि रास्वपाका असिम साह उनका दाइ आसिफ साह र बालेनका निटकस्थ कुमार व्यन्जनकार जुटिरहेका छन् । यी तीनजनाले नै सुरूवातदेखि रवि र बालेनलाई मिलाउन सबै होमवर्क गरेका थिए ।

मस्यौदाको अन्तरवस्तुहरूबारे स्रोतले जानकारी दिन चाहेन । यद्यपि, बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने गरी सहमति हुन लागेको बुझिएको छ । रास्वपा सभापति रवि लामिछानेको मुद्दा अदालतबाट छिनोफानो नहुँदासम्म उनी प्रधानमन्त्रीका दाबेदार बन्न सक्ने अवस्था छैन । रविले आफू प्रधानमन्त्री बन्न नसक्ने स्थितिमा बालेनलाई अघि सार्न सकारात्मक बनेको स्रोतको भनाइ छ ।

रास्वपामा बालेनले कुनै पोर्टफोलियोमा दाबी गरेका छैनन् । तर, उनी सभापति लामिछानेपछिको वरीयतामा रहन सक्ने अपेक्षा छ । अहिले रास्वपाको उपसभापति डीपी अर्याल दोस्रो वरीयतामा छन् ।

बालेनसँगै सबै बैकल्पिक शक्ति र जेनजी समूहहरु रास्वपामा समाहित हुने दावी स्रोतको छ । उज्यालो नेपाल पार्टी गठन गरेका ऊर्जामन्त्री कुलमान घिसिङ पहिल्यैबाट बालेनसँग संवादमा छन् । उज्यालो नेपाललाई पनि रास्वपामा मर्ज गर्ने योजना छ, तर ठोस सहमति जुटिसकेको छैन । रवि र कुलमानबीच वार्ता हुन बाँकी नै छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेनलाई रास्वपामा भित्र्याउने अन्तिम कसरत


तपाईको कमेन्ट लेख्नुहोस्