ऐतिहासिक सेकाहा महोत्सव–२०८२ को तयारी अन्तिम चरणमा
खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका – ४ मा रहेको ऐतिहासिक पहिचान बोकेको सेकाहा गाउँलाई सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले पाँचदिने ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ आयोजना गरिने भएको छ । महोत्सव पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ ।
सेकाहा सामुदायिक विकास क्लबको नेतृत्वमा आयोजना हुन लागेको महोत्सवका क्रममा गाउँस्तरमा संरक्षण हुँदै आएको परम्परा, रीतिरिवाज र जीवनशैलीलाई सार्वजनिक रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ । मंगलबार खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव तयारी अन्तिम चरणमा पुगेको जानकारी आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर सांस्कृतिक प्रस्तुतिसँगै विभिन्न जातीय समुदायको झाँकी, स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, परम्परागत खेलकुद र मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ । साथै गाउँ अवलोकन, पर्यटकीय स्थल भ्रमण र होमस्टे प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ ।
तमू (गुरुङ) समुदायको मुख्य पर्व तमू ल्होसारको अवसरमा आयोजना गरिएको महोत्सवमा जिल्लाभरका तमू समुदाय सहभागी हुनेछन् । छेलो खेल, डोरी तान्ने, हाँडी फुटाउनेलगायत परम्परागत खेल तथा नृत्यले कार्यक्रमलाई जीवन्त बनाउने तयारी गरिएको छ ।
महोत्सवका अध्यक्ष मनिराज गुरुङका अनुसार सांस्कृतिक उत्सवमार्फत सेकाहामा आपसी सद्भाव, सामुदायिक सहभागिता र पर्यटन गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ। स्थानीय पहिचानलाई राष्ट्रिय तहसम्म पुर्याउने माध्यमका रूपमा महोत्सवलाई लिइएको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #ऐतिहासिक सेकाहा महोत्सव–२०८२, #खादबारी, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्