ऐतिहासिक सेकाहा महोत्सव–२०८२ को तयारी अन्तिम चरणमा
खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका – ४ मा रहेको ऐतिहासिक पहिचान बोकेको सेकाहा गाउँलाई सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले पाँचदिने ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ आयोजना गरिने भएको छ । महोत्सव पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ ।
सेकाहा सामुदायिक विकास क्लबको नेतृत्वमा आयोजना हुन लागेको महोत्सवका क्रममा गाउँस्तरमा संरक्षण हुँदै आएको परम्परा, रीतिरिवाज र जीवनशैलीलाई सार्वजनिक रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ । मंगलबार खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव तयारी अन्तिम चरणमा पुगेको जानकारी आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर सांस्कृतिक प्रस्तुतिसँगै विभिन्न जातीय समुदायको झाँकी, स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, परम्परागत खेलकुद र मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ । साथै गाउँ अवलोकन, पर्यटकीय स्थल भ्रमण र होमस्टे प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ ।
तमू (गुरुङ) समुदायको मुख्य पर्व तमू ल्होसारको अवसरमा आयोजना गरिएको महोत्सवमा जिल्लाभरका तमू समुदाय सहभागी हुनेछन् । छेलो खेल, डोरी तान्ने, हाँडी फुटाउनेलगायत परम्परागत खेल तथा नृत्यले कार्यक्रमलाई जीवन्त बनाउने तयारी गरिएको छ ।
महोत्सवका अध्यक्ष मनिराज गुरुङका अनुसार सांस्कृतिक उत्सवमार्फत सेकाहामा आपसी सद्भाव, सामुदायिक सहभागिता र पर्यटन गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ। स्थानीय पहिचानलाई राष्ट्रिय तहसम्म पुर्याउने माध्यमका रूपमा महोत्सवलाई लिइएको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #ऐतिहासिक सेकाहा महोत्सव–२०८२, #खादबारी, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्