आफ्नो हार अस्वाभाविक होइन, चिन्ताको विषय पनि होइन : विष्णु रिमाल
नेकपा एमालेका नेता विष्णु रिमालले पार्टी महाधिवेशनमा भएको आफ्नो पराजयलाई अस्वाभाविक वा चिन्ताजनक विषय नभएको बताएका छन्। केपी शर्मा ओलीको कोर टिममा रहेका रिमाल उपमहासचिव र केन्द्रीय सदस्य दुवै पदमा पराजित भएका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रिमालले महाधिवेशनको नतिजालाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेको उल्लेख गरेका छन्। उनका अनुसार महाधिवेशन असाधारण गरिमा, उत्साह र सामूहिक उपलब्धिको अनुभूतिको साथ सम्पन्न भएको छ।
महाधिवेशनमा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखिएको उल्लेख गर्दै रिमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित टिम प्रायः सर्वसम्मत रूपमा अनुमोदन भएको बताएका छन्। उनले आफू एक उपमहासचिव र एक उपाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित भएको उल्लेख गर्दै यस्तो परिणाम स्वाभाविक भएको स्पष्ट पारेका छन्।
‘यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय। यस्ता नतिजा लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन्। हामी जनताको बहुदलीय लोकतन्त्रको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौँ,’ रिमालले बताएका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्