उपाध्यक्ष उठ्न नचाहेका प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी
एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। संस्थापन पक्षबाट महासचिवको टिकट नपाएपछि उनले केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका थिए।
महासचिव पदका लागि दावेदारी प्रस्तुत गरेका ज्ञवालीलाई संस्थापन पक्षले उपाध्यक्षमा उम्मेदवार बनाउन चाहेको थियो। तर, उनले उपाध्यक्षमा उम्मेदवारी दिन अस्वीकार गर्दै केन्द्रीय सदस्य पदमै प्रतिस्पर्धा गरेका हुन्।
ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि रिक्त बनेको स्थानमा संस्थापन पक्षबाट रघुजी पन्त उम्मेदवार बनेर विजयी भएका छन्।
खुला केन्द्रीय सदस्यतर्फ ज्ञवालीले १,९४२ मत प्राप्त गरेका छन्। उनी सर्वाधिक मत ल्याउने उम्मेदवारमध्ये एक बनेका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्