१० औँ महाधिवेशनबाट निर्वाचित एमाले सचिवालयको अन्तिम बैठक
११औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।
भोलिदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरू हुने हुँदा चितवन सौराहाको १०औँ महाधिवेशनबाट निर्वाचित सचिवालयको यो अन्तिम बैठक हो ।
प्रतिनिधि मनोनीतसहित महाधिवेशनमा केन्द्रित यो बैठकलाई चासोका साथ हेरिएको छ ।
एमालेभित्र पदाधिकारीमा रस्साकस्सी पेचिलो बनेपछि विधान संशोधन प्रस्ताव गर्न लागिएको छ । गत भदौ अन्तिम सातामात्रै विधान महाधिवेशनबाट संशोधन गरिएको विधानलाई पुन: ब्यूँताउँदै आकांक्षीहरूको व्यवस्थापन गर्न लागिएको छ ।
पदाधिकारी थप्ने, स्थायी कमिटी ब्युँताउने, केन्द्रीय कमिटीको आकार बढाउनेसहित चयन प्रक्रियाका निम्ति विभिन्न क्लष्टर थप्नेसम्मको तयारी गरिएको छ । तर, ईश्वर समूह पदाधिकारी थपको प्रस्ताव नमान्ने अडानमा छ । संशोधन गर्नैपर्ने भए २ कार्यकाल र ७० वर्षे व्यवस्था कायम राख्नुपर्ने उनीहरूको माग छ ।
यता पोखरेलले बुझाएको फरक दस्ताबेज महाधिवेशनमा पेश गर्न दिने/नदिने बारे सचिवालयमा छलफल हुने बताइएको छ ।
महाधिवेशनलाई चुनाव वा सहमतितिर धकेल्ने सन्दर्भमा यो बैठक निर्णायक मानिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्