नेवार जातिबाहेक अन्य जातिलाई घर बेच्न र किन्न नदिने पनौती ७ नंम्बर वडा
बनेपा, २४ वैशाख । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ७ ले नेवार जातीको धार्मिक र पुरातात्विक सम्पदा जोगाउन अन्य जातीलाई घर बेच्न सिफारिस नदिने निर्णय गरेको छ ।
मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको हो । ‘यस वडा समितिको मिति २०७७ वैशाख २३ गते बसेको बैठकबाट नेवार जातिबाहेक अन्य जातिलाई घर बेच विखन गर्नका लागि सिफारिस लिन आएमा घर धनीहरूलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नम्बर वडाबासीलाई यसै सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ’, वडा अधयक्ष रामचन्द्र नास्नानीले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

७ नम्बर वडाको पुरानो बजार स्मारक क्षेत्रमा नेवारी समुदायको बाक्लो बसोबास छ। वडा कार्यालयले नेवारी जातीको बाहुल्यता भएकाले धर्म संस्कृति र पुरातात्विक सम्पदा जोगाउन यस्तो निर्णय गरेको दाबी गरेको छ ।
यसअघि वडामा जग्गा तथा घर धनीहरुले नेवार जातिबाहेक अन्य जात जातीलाई बेच विखन गर्नका लागि घर बाटोको मूल्यांकन सिफारिस नदिएको भन्दै गुनासो गरेका थिए ।
त्यही गुनासो आएपछि मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको वडा अध्यक्ष नास्नानीले सूचनामा उल्लेख गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पनौती नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्