रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक उम्मेदवारका लागि आव्हान गरेको छ ।
सो पार्टीले विहीबार एक सूचनामार्फत् फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरू गरेको प्रवक्ता मनिष झाले बताए ।
उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले यसअघि जारी गरेको सूचनामा आवेदन शुल्क ५० हजार तोकिएको छ ।
योग्यता पुगेका इच्छुक पार्टी सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । उम्मेदवारी दिने समयावधि मंसिर २२ गतेदेखि २५ गतेसम्म रहेको छ । उम्मेदवार छनोट रूपरेखाबारे विस्तृत रूपमा अध्ययन गर्न र निवेदनका लागि पार्टीको वेबसाइटमा हेर्न भनिएको छ ।
-रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्