५५ सय विपन्न परिवारलाई राहात बितरण गर्ने अब्वल ९ नम्बर वडा
बिष्णु आचार्य
काठमाण्डौं । कोरोनाको चरम संकटमा परेका मजदुर तथा विपन्न परिवारकालागि काठमाण्डौं महानगरपालिका वार्ड नम्बर ९ महानगरका सबै वडाभन्दा अब्बल रहेको छ । आजसम्म करिव ५५ सय विपन्न परिवारलाई मापदण्डभित्र रहेर कुनै समय समूहमा त कुनै समय घर घरमा पुगेर रहात वितरण गरेका कारण सो वडा अब्बल रहेको हो ।
त्यतिमात्रै हैन, सम्भवतः घर घरमा पुगेर राहत वितरण गर्ने वडामध्ये यो वडा पहिलो नम्बरमा परेको छ । काठमाण्डौं महानगरपालिका र सर्वाङगिण विकास संस्थाले उपलब्ध गराएको राहतलाई समस्यामा परेका परिवारलाई वितरण गरिएको र बन्दाबन्दीको समय लम्बिदै जाने अवस्थालाई मध्येनजर गर्दै दाता तथा संघसंस्थासँग सम्मन्वय भैरहेको पनि ९ वडाकी सकृय महिला सदस्य सिर्जना भेटवाल खरेलले जानकारी दिएकी छन् ।
बन्दाबन्दीको अवस्था निरीक्षण गर्ने र समस्यामा परेका व्यक्तिहरुको पहिचान गर्दै आएकी सदस्य भेटवालले चैत्र २१ गते वितरण गरिएको १६ केजी चामल सकिइसकेको अवस्थाप्रति चिन्ता जाहेर गर्दै भनिन्–अब त्यस्ता व्यक्तिलाई थप राहत कसरी उपलब्ध गराउने भन्ने चिन्ताले सताउन थालेको छ ।
सरदर ४ जनाको परिवारमा ७ केजी चामल, १ केजी चिउरा, आधा केजी दाल र आधा लिटर तेलले उनीहरुको चुलो बल्ने र पेट भरिने काम होला त ? उनको प्रतिप्रश्न थियो ।
यस्तो विषम परिस्थितिमा आजसम्म राहत उपलब्ध गराउने सबै संघ÷संस्थालाई ९ वडा परिवारकातर्फबाट धन्यवाद र अन्य संघ÷संस्था तथा दातालाई थप राहत उपलब्ध गराउन आह्वान समेत गरेको छ । त्यसकालागि निरन्तर सम्पर्क भैरहेको पनि भेटवालले बताईन् ।
क्याटेगोरी : समाचार
ट्याग : #९ नम्बर वडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्