Techie IT
आईतबार, जेठ १०,२०८३

कुलमानको उज्यालो पार्टी नेपाल र खगेन्द्र सुनारको पार्टीबीचको तोडियो सहमति


काठमाडौं । उर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालबीचको सहमति तोडिएको छ ।

दुई पार्टीबीच केही दिनअघि एकै चिन्हबाट निर्वाचन लड्न सहमति भएको थियो । तर सुनारले सहमति तोड्दै आफ्नै निर्वाचन चिह्वन ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

मंसिर १० गते कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’ चिह्न लिएर निर्वाचनमा भाग लिने दुई पार्टीबीच सहमति भएको थियो ।

कानुनी झमेला हुने भएकाले पूर्वसहमतिबाट अलग भएर आफ्नै चुनाव चिह्न ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ लिएर निर्वाचनमा सहभागी हुन गरी मंसिर १६ गते पुनरावलोकन गरेर दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुलमानको उज्यालो पार्टी नेपाल र खगेन्द्र सुनारको पार्टीबीच


तपाईको कमेन्ट लेख्नुहोस्