काठमाडौं क्षेत्र ७ का युवा महाधिवेशन प्रतिनिधि प्रमेश धिताल : सक्रियता र नेतृत्व क्षमताको सन्देश
काठमाडौं नेकपा एमालेको ११औं महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधि निर्वाचित भएका प्रमेश धितालले युवाहरूको उल्लेखनीय विश्वास जितेका छन्। संगठनभित्रै मजबुत पहिचान बनाउन सफल धितालले निर्वाचनमा प्राप्त गरेको ४१९ लोकप्रिय मतले उनको सक्रियता, प्रतिबद्धता र नेतृत्व क्षमताप्रति क्षेत्रका कार्यकर्ताको भरोसा कति गहिरो छ भन्ने कुराको स्पष्ट प्रमाण दिएको छ।
धिताल केवल संगठनमै सीमित रहेका व्यक्ति होइनन्—उनी तारकेश्वर गोलढुंगामा समाजसेवामा समान रूपमा सक्रिय, जिम्मेवार र निष्पक्ष व्यक्तित्वका रूपमा चिनिन्छन्। पूर्व तर्केश्वर लेखा संयोजकका रूपमा उनले देखाएको अनुशासन, पारदर्शिता र कामप्रतिको लगाव अहिलेको विजयी यात्राको आधार बनेको हो। यही कारण युवा संघ केन्द्रीय अनुशासन आयोग सदस्य भएका धिताल संगठनभित्र व्यवस्थित नेतृत्व र स्वच्छ व्यवहारका प्रतीक मानिन्छन्।
उनका प्रतिस्पर्धी उम्मेदवारका तुलनामा धितालले पाएको अत्यधिक मतले क्षेत्र नं. ७ का युवाहरूले नयाँ पुस्ताका सक्षम, कर्मशील र व्यवहारिक नेतृत्वका रूपमा उनलाई विश्वास गरेको देखाउँछ। पार्टीभित्र युवा नेताको आवश्यकताबीच धिताल जस्ता योग्य नेतृत्व अघि बढ्नु केवल क्षेत्र नं. ७ का लागि मात्र होइन, समग्र संगठनका लागि समेत सकारात्मक सन्देश हो।
प्रमेश धितालको जीत, सक्रिय युवा नेतृत्वको जीत हो।
काठमाडौं क्षेत्र नं. ७ बाट महाधिवेशनका प्रतिनिधिमा प्रकाश श्रेष्ठ, जीवन मानन्धर, पूर्णिमा श्रेष्ठ, सपना अर्याल र प्रमेश धिताल चयन भएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं क्षेत्र ७ का युवा महाधिवेशन प्रतिनिधि प्रमेश धिताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्