Techie IT
मंगलबार, मंसीर १७,२०८२

काठमाडौं क्षेत्र ७ का युवा महाधिवेशन प्रतिनिधि प्रमेश धिताल : सक्रियता र नेतृत्व क्षमताको सन्देश


काठमाडौं नेकपा एमालेको ११औं महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधि निर्वाचित भएका प्रमेश धितालले युवाहरूको उल्लेखनीय विश्वास जितेका छन्। संगठनभित्रै मजबुत पहिचान बनाउन सफल धितालले निर्वाचनमा प्राप्त गरेको ४१९ लोकप्रिय मतले उनको सक्रियता, प्रतिबद्धता र नेतृत्व क्षमताप्रति क्षेत्रका कार्यकर्ताको भरोसा कति गहिरो छ भन्ने कुराको स्पष्ट प्रमाण दिएको छ।

धिताल केवल संगठनमै सीमित रहेका व्यक्ति होइनन्—उनी तारकेश्वर गोलढुंगामा समाजसेवामा समान रूपमा सक्रिय, जिम्मेवार र निष्पक्ष व्यक्तित्वका रूपमा चिनिन्छन्। पूर्व तर्केश्वर लेखा संयोजकका रूपमा उनले देखाएको अनुशासन, पारदर्शिता र कामप्रतिको लगाव अहिलेको विजयी यात्राको आधार बनेको हो। यही कारण युवा संघ केन्द्रीय अनुशासन आयोग सदस्य भएका धिताल संगठनभित्र व्यवस्थित नेतृत्व र स्वच्छ व्यवहारका प्रतीक मानिन्छन्।

उनका प्रतिस्पर्धी उम्मेदवारका तुलनामा धितालले पाएको अत्यधिक मतले क्षेत्र नं. ७ का युवाहरूले नयाँ पुस्ताका सक्षम, कर्मशील र व्यवहारिक नेतृत्वका रूपमा उनलाई विश्वास गरेको देखाउँछ। पार्टीभित्र युवा नेताको आवश्यकताबीच धिताल जस्ता योग्य नेतृत्व अघि बढ्नु केवल क्षेत्र नं. ७ का लागि मात्र होइन, समग्र संगठनका लागि समेत सकारात्मक सन्देश हो।

प्रमेश धितालको जीत, सक्रिय युवा नेतृत्वको जीत हो।

काठमाडौं क्षेत्र नं. ७ बाट महाधिवेशनका प्रतिनिधिमा प्रकाश श्रेष्ठ, जीवन मानन्धर, पूर्णिमा श्रेष्ठ, सपना अर्याल र प्रमेश धिताल चयन भएका छन्।

   


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं क्षेत्र ७ का युवा महाधिवेशन प्रतिनिधि प्रमेश धिताल


तपाईको कमेन्ट लेख्नुहोस्