बालेनका पिता भनेर यमबुद्दको पिताको तस्वीर भाइरल भएपछि…
काठमाडौं । काठमाडौंमा मेयर बालेन शाहका पिताको निधनपछि अनलाइन र सामाजिक सञ्जालमा ठूलो भ्रम फैलियो।
केही सञ्चारमाध्यमले गल्ती गर्दै यमबुद्धका पिता अम्बिकाप्रसाद अधिकारीको तस्वीरलाई बालेनका पिता भनेर प्रकाशित गरे। बालेनका पिताको फोटो सार्वजनिकमा कहिल्यै नआएकाले सबैले अधिकारीको तस्वीरलाई शेयर गरियो । घण्टौँ पछि मात्र उक्त तस्बिर पूर्ण रूपमा गलत भएको पुष्टि भएपछि समाचारस्थलहरूले छापिएको फोटो हटाउन थाले र सही जानकारी राखे।
जिउँदै रहेका अधिकारीले आफ्नो फोटो ‘मृतक’ भनेर प्रयोग गरिएकोमा गहिरो आपत्ति जनाउँदै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिएका छन्।
उनले पत्रकारितामा जिम्मेवारी र तथ्यको पुष्टि आवश्यक छ भन्दै यस्तो गल्ती नदोहोर्याउन आग्रह गरेका हुन्।
फेसबुकमा उनले लेखेका छन्, ‘काठमाडौँका मेयर बालेन शाहाका पिता रहेनन् भन्ने आज प्रकाशित तथा प्रसारित समाचार र प्रयोग गरिएको फोटोबारे हाम्रो ध्यानाकर्षण भएको छ। आज केही व्यक्तिको दुःखद घडीमा एउटा जिम्मेवार हुँ भन्ने पत्रकारले फोटोको यो किसिमले दुरुपयोग गरिनु अत्यन्तै दुःखलाग्दो कुरा हो। यसको जतिसुकै निन्दा गरे पनि पूर्ण हुन सक्दैन । जनतालाई सत्यतथ्य र निष्पक्ष समाचार दिनुपर्नेमा असत्य भ्रमपूर्ण र पक्षपातपूर्ण समाचार प्रसारित हुनुले जनतामा भ्रम पैदा भई अत्यन्तै ठूला घटनाहरू घट्न सक्छन् तसर्थ यो भ्रमपूर्ण समाचारलाई सच्याउन र जनतासँग गरिएको त्रुटि नदोहोर्याउन सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालेनका पिता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्