संखुवासभामा नवौं पांमा कप फुटबल प्रतियोगिता मंसिर १५ देखि सुरु हुने
संखुवासभा : खाँदबारी नगरपालिका–४ पांमास्थित भगीवन्त रंगशालामा नवौं पांमा कप फुटबल प्रतियोगिता मंसिर १५ गतेदेखि सुरु हुने भएको छ। आयोजकले बिहीबार खाँदबारीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित किराँत समुदायको उधौली साकेला पर्व धान्य पूर्णिमाको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक ध्यानसिंह राईले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रतियोगितामा आठ वटा क्लबको सहभागिता रहने छ। आयोजक लोहोरुङ क्लबसहित सेकाहा क्लब, मकालु फ्रेन्ड्स, खाँदबारी युथ क्लब, तीनपोखरी क्लब, सभापोखरी क्लब, एडभान्स क्लब तथा भोजपुरको सोमबारे क्लबले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ भने दुई टोलीलाई २५-२५ हजार रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

संगीत तथा सांस्कृतिक कार्यक्रम सहित आयोजना हुने यस प्रतियोगिताले स्थानीय तथा क्षेत्रीय खेलाडीलाई प्रतिस्पर्धाको अवसर उपलब्ध गराउने र किरात राई समुदायको उधौली-साकेला सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको संयोजक राईले बताउनुभयो। उहाँका अनुसार पांमा कपले वर्षौंदेखि स्थानीय खेलाडीको प्रतिभा पहिचानमा मद्दत गरिरहेको छ र यस वर्षको संस्करण झनै व्यवस्थित तथा आकर्षक बनाइने छ।
—-
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #hot, #खादबारी, #नवौं पांमा कप फुटबल प्रतियोगिता, #भगीवन्त रंगशाला, #लोहोरुङ क्लब, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ४एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ५पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ६तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ७काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ८एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?






तपाईको कमेन्ट लेख्नुहोस्