टोखा नगरपालिकाको चौमासिक सार्वजनिक सुनुवाइ: किसान र पूर्वाधार प्राथमिकतामा
टोखा नगरपालिकाले गत साउनदेखि कार्तिक मसान्तसम्मको अवधिमा भएका प्रगतिहरुको समीक्षा र सम्पन्न भइसकेका कार्यक्रमकाबारे हिजो बुधबार चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।
नगरप्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले विविध क्षेत्रमा गरेका कामको विवरण पेस गरिएको हो ।
चारमहिनाको अवधिमा नगरपालिकाले किसाहरुलाई २२ सय किसानहरुलाई २२ सय हिउँदे तरकारीका विउँविजन निशुल्क वितरण, प्राविधिक सेवा उपलब्ध गराउनुका साथै अनुदानमा रासायनिक मल वितरण, औषधी खरिद तथा वितरण, रेविज तथा खोरेत नियन्त्रण कार्यक्रम विस्तार गरेको छ ।
यस्तै तामाङ भाषाको पाठ्यक्रम निर्माण सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन तथा सुपरिवेक्षणलाई तदारुकताका अगाडि बढाउन सफल भएको टोखा नगरपालिकाले आफ्नो चौथो सार्वजनिक सुनुवाई कार्यक्रम प्रस्तुत प्रतिवेदन उल्लेख गरिएको छ ।
बालश्रममा रहेका बालबालिकाहरुको उद्दार गरि बाल हेल्पनाईनमा पठाउने काम नगरपालिकाले गरेको थियो । यस्तै टोखा नगरपालिकामा परम्परादेखि मनाउँदै आएका मेलाजात्रा, चाडपर्व, रीतिरिवाज, परम्परा, परिकार, तथा संस्कृतिको संरक्षणका लागि आवश्यक सबै काममा दत्तचित्तरुपमा काम गरेको छ ।
पुर्वाधारतर्फ सिसिक्यामेरा जडान, भवन अभिलेखित, नक्साको डिजिटाइजेशन लागू गरेको छ भने नेपाल विधुत प्राधिकरणको साझेदारीमा स्मार्ट सडक वत्ती जडानको सुरुवात गरिसकेको छ भने १२१ वटा आयोजनाह्ररु उपभोक्ता समिति मार्फत् कोटेशन र २२ वटा विधुतीय सूचना मार्फत अगाडि बढाइएको टोखा नगरपालिकाले जनाएको छ ।
यसैगरि वातवरण तथा विपत व्यस्थापनका लागि नगरपालिकाले सचेतना विद्यालयतहमा सचेतना कार्यक्रम गर्दै आएको र हरेक शनिवार विष्णुमति नदी सरसफाइ अभियान सञ्चालन गदै आएको नगरपालिकाले जनाएको छ ।
सुनुवाइ कार्यक्रममा स्थानीयवासी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरुको बाक्लो उपस्थिति थियो । स्थानीयवासी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरुका जिज्ञासा र समस्याकाबारे सोधिएका प्रश्नबारे नगर प्रमुख प्रकाश अधिकारीले स्पष्ट जानकारी दिनुभएको थियो ।
कार्यक्रममा उपप्रमुख मुरारी तामाङ र प्रमुख प्रशाकीय अधिकृत कमल भट्टराईले आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा चौमासिक सार्वजनिक सुनुवाइको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
क्याटेगोरी : banner
ट्याग : #टोखा नगरपालिका, #टोखा नगरपालिका चौमासिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्