Techie IT
बुधबार, मंसीर ११,२०८२

सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ


सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ परेका छन् । निवर्तमान स्ववियू सभापति विष्णु ढुंगेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई चितवनबाट पक्राउ गरिएको थियो ।

उपत्यका अपराध अनुसन्धान र काठमाडौं प्रहरीको संयुक्त टोलीलाई उनलाई पक्राउ गरेको हो ।

ढुंगेलले सर्वोच्च जलाउनुअघि दिएको एक भिडियो सार्वजनिक भएको थियो । पछिल्ला दिनमा प्रहरीले सर्वोच्च अदालत जलाउनेहरुको खोजी तीव्र पारेको छ ।


क्याटेगोरी : banner
ट्याग : #सर्वोच्च अदालत स्ववियू सभापति


तपाईको कमेन्ट लेख्नुहोस्