विघटित प्रतिनिधिसभा पुन:स्थापनाको मागसहित एमाले सर्वोच्चमा
प्रतिनिधिसभा विघटन असंवैधानिक रूपमा गरिएको भन्दै एमाले सर्वोच्च अदालत पुगेको छ । मंगलबार प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने भन्दै एमालेले रिट पेस गरेको हो ।
एमालेका तर्फबाट तत्कालीन संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले हस्ताक्षर गरेर रिट दायर गरेका छन् । एमालेले पेस गरेको रिट निवेदन अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
तत्कालीन सत्तारुढ दल कांग्रेसले पनि एक/दुई दिनमा यस्तै प्रकृतिको रिट लिएर जाने नेता श्याम घिमिरेले जानकारी दिए । यसअघि तत्कालीन गठबन्धनमा रहेका दुई दलले विघटित संसद्का बहुमत सांसदको समर्थनसहित प्रतिनिधिसभा पुनर्स्थापनाका माग राखेर संयुक्त रिट हाल्ने तयारीका साथ हस्ताक्षर गरेका थिए । तर दुई दलको जोड्दा पनि बहुमत नपुग्ने भएपछि अलग-अलग रिट लैजाने भएका हुन् । विघटित संसद्मा एमालेका सभामुखसहित ७८ जना सांसद थिए। जसमा एक जना सभामुख, दुई जना निलम्बित छाडेर ७५ जनाको हस्ताक्षर संकलन भइसकेको थियो। तर, कांग्रेसभित्र प्रतिनिधिसभा पुनर्स्थापना भन्दा पनि निर्वाचनमा जानुपर्ने मत बलियो भएकाले सबैको हस्ताक्षर हुन नसकेको हो ।
क्याटेगोरी : banner
ट्याग : ##एमाले #सर्वोच्च
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्