विघटित प्रतिनिधिसभा पुन:स्थापनाको मागसहित एमाले सर्वोच्चमा
प्रतिनिधिसभा विघटन असंवैधानिक रूपमा गरिएको भन्दै एमाले सर्वोच्च अदालत पुगेको छ । मंगलबार प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने भन्दै एमालेले रिट पेस गरेको हो ।
एमालेका तर्फबाट तत्कालीन संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले हस्ताक्षर गरेर रिट दायर गरेका छन् । एमालेले पेस गरेको रिट निवेदन अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
तत्कालीन सत्तारुढ दल कांग्रेसले पनि एक/दुई दिनमा यस्तै प्रकृतिको रिट लिएर जाने नेता श्याम घिमिरेले जानकारी दिए । यसअघि तत्कालीन गठबन्धनमा रहेका दुई दलले विघटित संसद्का बहुमत सांसदको समर्थनसहित प्रतिनिधिसभा पुनर्स्थापनाका माग राखेर संयुक्त रिट हाल्ने तयारीका साथ हस्ताक्षर गरेका थिए । तर दुई दलको जोड्दा पनि बहुमत नपुग्ने भएपछि अलग-अलग रिट लैजाने भएका हुन् । विघटित संसद्मा एमालेका सभामुखसहित ७८ जना सांसद थिए। जसमा एक जना सभामुख, दुई जना निलम्बित छाडेर ७५ जनाको हस्ताक्षर संकलन भइसकेको थियो। तर, कांग्रेसभित्र प्रतिनिधिसभा पुनर्स्थापना भन्दा पनि निर्वाचनमा जानुपर्ने मत बलियो भएकाले सबैको हस्ताक्षर हुन नसकेको हो ।
क्याटेगोरी : banner
ट्याग : ##एमाले #सर्वोच्च
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्