मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त
नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
२०७७ माघ १९ मा सचिवमा बढुवा भएका अर्याल तथ्यांक सेवाबाट निजामतीमा प्रवेश भएका थिए । २०५३ वैशाखमा निजामती सेवामा अधिकृतबाट प्रवेश गरेको उनले विज्ञान विषयमा स्नातकोत्तर गरेका छन् ।
योजना आयोग, प्रदेश सचिव, महिला मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, तथ्यांक कार्यालय लगायतका मन्त्रालय, विभाग निकायमा काम गरेको अनुभव रहेको छ । गत असोजमा उनलाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो ।
जेन-जी आन्दोलनका बेला गृहसचिव रहेका गोकर्णमणि दुवाडीदेखि, राष्ट्रिय तथ्यांक कार्यलयमा रहेका मधुसुदन बुर्लाकोटी, श्रम मन्त्रालयमा रहेका कृष्णहरि पुष्कर र खानेपानी मन्त्रालयमा रहेकी प्रमिलादेवी बज्राचार्य मुख्य सचिवको प्रतिस्पर्धामा चर्चामा थिए । उमेर हदका कारण हालका मुख्य सचिव एकनारायण अर्याल बुधबार सेवा निवृत्त हुँदै छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #मुख्यसचिव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्