मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त
नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
२०७७ माघ १९ मा सचिवमा बढुवा भएका अर्याल तथ्यांक सेवाबाट निजामतीमा प्रवेश भएका थिए । २०५३ वैशाखमा निजामती सेवामा अधिकृतबाट प्रवेश गरेको उनले विज्ञान विषयमा स्नातकोत्तर गरेका छन् ।
योजना आयोग, प्रदेश सचिव, महिला मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, तथ्यांक कार्यालय लगायतका मन्त्रालय, विभाग निकायमा काम गरेको अनुभव रहेको छ । गत असोजमा उनलाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो ।
जेन-जी आन्दोलनका बेला गृहसचिव रहेका गोकर्णमणि दुवाडीदेखि, राष्ट्रिय तथ्यांक कार्यलयमा रहेका मधुसुदन बुर्लाकोटी, श्रम मन्त्रालयमा रहेका कृष्णहरि पुष्कर र खानेपानी मन्त्रालयमा रहेकी प्रमिलादेवी बज्राचार्य मुख्य सचिवको प्रतिस्पर्धामा चर्चामा थिए । उमेर हदका कारण हालका मुख्य सचिव एकनारायण अर्याल बुधबार सेवा निवृत्त हुँदै छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #मुख्यसचिव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्