‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि रक्षालाई
विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । उनी अभिनेत्री सुरक्षा पन्तकी बहिनी हुन् ।
सुरक्षाले सामाजिक सञ्जालबाट बहिनीको जितमा बधाइ दिएकी छन् । नेपाल पुलिस क्लबमा शनिबार बेलुका आयोजित ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।
फिनालेमा प्रहरी पूर्वप्रमुख सर्वेन्द्र खनालले समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनुहुन्छ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएकी थिइन् ।
मस्ट फोटोजेनिकको उपाधि जितेकी उनले अमेरिकामा आयोजना हुने बताइएको ‘मिसेस वर्ल्ड २०२६’ को प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएकी छिन् ।
मिसेस नेपाल वर्ल्डमै विद्या चौहान फस्ट रनर्सअप, एलिना केसी सेकेन्ड रनर्सअप, निर्मला सुनुवार थर्ड रनर्सअप घोषित भए ।
प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेसनल भइन् । दीपिका तामाङ एमएस नेपाल इन्टरनेसनलको विजेता भइन् ।
मिसेस नेपाल इन्टरनेसनल विजेताले सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ र एमएस नेपाल इन्टरनेसनल विजेताले सिंगापुरमै हुने एमएस इन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् ।
सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई ३ दशकदेखि नेपाली चलचित्रका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पुर्याएवापत मानार्थ मिसेस नेपाल वर्ल्ड २०२५ बाट सम्मानित गरियो ।
विभिन्न मनोरञ्जक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टले प्रतियोगिता आयोजना गरेको हो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्